नाँच्दै, गाउँदै, रमाउँदै तीज पर्व मनाउँदै

नेपालगन्ज : विश्वभर छरिएर रहेका नेपाली महिलाले नाँच्दै, गाउँदै, रमाउँदै मंगलबार तीज पर्व मनाइरहेका छन् ।
सोमबार राति तीजको दर खाएका महिलाले मंगलबार व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । त्यसैले अविवाहित किशोरीले राम्रो वर पाउन पनि ब्रत बस्छन् । नेपालगन्जको बागेश्वरी मन्दिर लगायत देशभरका शिव मन्दिर शक्तिपीठमा भक्तालु महिलाको भीड लागेको छ । ब्रत बसेका महिला तीजको गीत गाएर नाचिरहेका छन् ।