पत्रकार डाँगीलाई किरण प्रतिभा पत्रकारिता पुरस्कार

पत्रकार डाँगीलाई पुरस्कृत गर्दै समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरी । फोटो : नमस्कार शाहको फेसबुकबाट

नेपालगन्ज : असल शासन मिडिया नेपालगन्जले किरण प्रतिभा पत्रकारिता पुरस्कार पत्रकार कमल डाँगीलाई प्रदान गरेको छ । डाँगी अर्थपेज डटकमका प्रधान सम्पादक हुन् ।
असल शासन मिडियाको शुक्रबार नेपालगन्जमा सम्पन्न वार्षिक साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले ११ हजार एक सय ११ रुपैयाँ राशीको पुरस्कार डाँगीलाई प्रदान गरेका हुन् । असल शासन मिडियाका प्रबन्ध निर्र्देशक किरण कार्कीले स्थापना गरेको किरण प्रतिभा पत्रकारिता पुरस्कार कोषबाट पहिलो पटक पुरस्कृत गरिएको हो ।