अखिलद्वारा क्यान्सर अस्पतालका नवनियुक्त अध्यक्ष मल्ललाई सम्मान

नेपालगन्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष टेकेन्द्र मल्ललाई अनेरास्ववियु बाँकेले सम्मान गरेको छ । मल्ल अखिलका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।
अखिलले बुधबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट व्यूरो सदस्य दलबहादुर सुनार, केन्द्रीय सदस्य अव्दुल हुसेन खाँ, जिल्ला अध्यक्ष इन्द्रबहादुर थापा लगायतले मल्ललाई सम्मान गरेका हुन् । नवनियुक्त अध्यक्ष मल्लले क्यान्सर अस्पताललाई पश्चिम नेपालका बिरामीले राजधानी वा भारत जान नपर्ने गरी सेवा सुविधा दिने बनाउने बताएका थिए । उनले भने, ‘बिरामी सबैको मन छुने गरी अस्पताललाई नमूना बनाउन लाग्ने प्रतिबद्धता जनाउँछु ।’ अनेरास्ववियु जिल्ला अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।