खजुरामा अभिभावकलाई सञ्चार अभिमुखीकरण

 

खजुरा (बाँके) : बाँकेको खजुरामा अभिभावकका लागि प्रत्याभूत सञ्चार सम्बन्धी अभिमुखीकरण गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक बाँकेले खजुरा गाउँपालिका ५ स्थित भानु माध्यमिक विद्यालय उढरापुरका विद्यार्थीका अभिभावलाई तालिम दिइएको हो । अभिमुखीकरणको सहजीकरण शेषकान्त शर्मा र अक्लिम खानले गरेका थिए । तालिममा २३ जना अभिभावकको सहभागिता रहेको थियो ।