नेपालगन्जमा चौपाया छाडा छोडे कारबाही हुने !

नेपालगन्ज उपमहानगरमा डाकिएको सर्वपक्षीय बैठक । फोटो सौजन्य : गोविन्द शर्मा

नेपालगन्ज : नेपालगन्जमा पशु धनीले चौपाया छाडा छोडेको पाइएमा कारबाही हुने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले बिहीबार नेपालगन्जमा डाकेको सर्वपक्षीय बैठकले चौपाया छाडा छोड्ने पशु धनीलाई कारबाही गर्ने निर्णय गरेको हो । बैठकले छाडा चौपायाको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएको छ । भदौं महिनाभित्र पशु चौपाया (गाई, गोरु, गधा, खच्चड, घोडा, बंगुर) सडकमा छाडा नछोडन माईकिङबाट प्रचारात्मक कार्यक्रम चलाइने र भदौं मसान्तपछि पशु चौपाय छाडा छोडनेलाई कारवाही गर्ने निर्णय भएको हो । नगरमा रहेका छाडा चौपायालाई राख्नका लागि अस्थायी संरचना बनाएर ब्यवस्थापन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए । बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सीमा पारीबाट छाडा पशु चौपाया आउन नदिनका लागि सीमामा कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिने प्रतिबद्धता जनाएका थिए ।