नेपालगन्ज उपमहानगरको प्रवक्तामा रिजाल र प्रेस सल्लाहकारमा गिरी नियुक्त

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको प्रवक्तामा वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल र प्रेस सल्लाहकारमा पत्रकार नवीन गिरी नियुक्त भएका छन् ।
नगर प्रमुख प्रशान्त विष्टका अनुसार उपमहानगरको बुधबार बसेको कार्यपालिका बैठकले पहिलो कार्यकालमा प्रवक्ता रहेका वडाध्यक्ष रिजाललाई दोस्रो कार्यकालका लागि पनि प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । त्यसैगरी रेडियो नेपालका बाँके संवाददाता गिरीलाई प्रेस सल्लाहकार नियुक्त गरिएको हो । गिरीले यस अघि नरैनापुर गाउँपालिकाको प्रेस सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् । उनी नेपाली कांग्रेस बाँकेको पनि प्रेस सल्लाहकार हुन् । कार्यपालिका बैठकले न्यूरोडमा उमहानगरको मातहतमा आएको एक कठ्ठा जग्गाको भाडा पनि उपमहानगरपालिकाले नै उठाउने निर्णय पनि गरेको छ ।