बाँकेमा पनि नवौं राष्ट्रिय परिवार योजना दिवस मनाइयो

पूजाकुमारी वैश्य । नेपालगन्ज
नवौं राष्ट्रिय परिवार योजना दिवस बाँकेमा पनि मनाइएको छ।
‘ब्यवस्थित परिवार हाम्रो अधिकार, हामी सबै जिम्मेवार’ मू्रल नाराका साथ नेपाल परिवार नियोजन संघ बाँके, स्वास्थ्य कार्यालय बाँके, गेरुवा ग्रामीण जागरण केन्द्र, र यूएसआइडीको संयुक्त आयोजनामा आइतबार परिवार योजना दिवस मनाइएको हो ।

कार्यक्रममा नागरिक, युवा, स्वाथ्यकर्मी र साथी शिक्षकहरुलाई अभिमुखीकरण गर्दै मास्क, टिसर्ट, परिवार नियोजनका अस्थायी साधन वितरण गरिएको नेपाल परिवार नियोजन संघ बाँकेका निमिक्त कार्यालय प्रमुख रश्मी श्रेष्ठले जानकारी दिइन् । कार्यक्रममा संघका पदाधिकारी, स्वास्थ्यकर्मी, साथी शिक्षक र युवाहरुको सहभागिता रहेको थियो ।