८औं संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

नेपालगन्ज : नेपालमा ८औं संविधान दिवस देशभर विविध कार्यक्रम आयोजना गरेर मनाइँदैछ ।
नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित ऐतिहासिक संविधानसभाबाट तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले ३ असोज २०७२ मा नेपालको संविधान २०७२ जारी गरिएको थियो । त्यही संविधान जारी गरेको दिनको सम्झनामा असोज ३ गतेलाई सरकारले संविधान दिवसका रुपमा मनाउने गरेको छ । यो वर्ष सरकारले संविधान दिवसमा सार्वजनिक विदा दिएकोे छ ।