आर्थिक पत्रकार समूहको अध्यक्षमा मेरो खुसीका सम्पादक खनाल

नेपालगन्ज : बाँकेमा आर्थिक पत्रकार समूह गठन गरिएको छ ।
आर्थिक विषयमा कलम चलाउने पत्रकारहरुको बिहीबार नेपालगन्जमा सम्पन्न भेलाले मेरो खुसी डटकमका सम्पादक शंकरप्रसाद खनाल अध्यक्ष रहेको सात सदस्यीय तदर्थ समिति गठन गरेको हो । खनाल अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक हुन् । उनले ०६३ सालमै आर्थिक विषयवस्तु केन्द्रीत रहेको नेपालगन्जबाट अर्थखबर पाक्षिक पत्रिकाको सम्पादनको अनुभव संगालेका छन् ।
समूहको उपाध्यक्षमा रुपा गहतराज (कान्तिपुर दैनिक), सचिव लक्ष्मण ढुंगाना (कारोबार दैनिक÷एपी वान टेलिभिजन), सहसचिव निशु जोशी (रेडियो कृष्णसार) र कोषाध्यक्ष विमला चौधरी (बीबीसी नेपाली सेवा) चयन भएका छन् । देवेन्द्र पौडेल (दैनिक नेपालगन्ज) र विजय मल्ल (सद्भाव दैनिक) समूहकोे सदस्य भएका छन् ।