नेपाल राष्ट्र बैंक अगाडि उद्योगी/व्यवसायीको धर्ना

नेपाल राष्ट्र बैंकको नेपालगन्ज कार्यालयको अगाडि धर्नामा उद्योगी व्यवसायीहरु । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपाल राष्ट्र बैंकका निर्देशक निभा श्रेष्ठलाई ज्ञापन–पत्र बुझाउँदै (इन्सेटमा) । फोटो सौजन्य : खगेन्द्र दाहाल

नेपालगन्ज : नेपालगन्जका उद्योगी/व्यवसायीहरुले शुक्रबार नेपालगन्जको नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले १ असोजदेखि लागू हुने गरी व्याजदर बढाएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा धर्ना दिएका हुन् । ब्याजदर बृद्धि गरेका छन् । धर्नापछि संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक निभा श्रेष्ठलाई ज्ञापन–पत्र बुझाएका थिए ।
ज्ञापन पत्रमा भनिएको छ, ‘ब्याजदर बृद्धिका कारण उत्पादन लागतमा बृद्धि भएका साना तथा मझौला उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ । अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजदरको भार थपिन जाँदा अर्थतन्त्रमा संकट आउनसक्ने आँकलन गर्न सकिन्छ ।’ संघले नेपाल राष्ट्र बैंकले जारी कारोबारको २० र २५ प्रतिशत ऋण लगानी गर्ने नीतिले व्यवसायीहरुलाई अप्ठारो बनाएकाले उक्त नीति संशोधन गर्न माग गरेको छ ।