नाकामा संघको उपभोक्ता सचेतना कार्यक्रम


नेपालगन्जः नेपालगन्ज उद्योग वाणिज्य संघले जमुनाह नाकामा उपभोक्ता सचेतना कार्यक्रम गरेको छ । ‘स्वदेशमा खरिददारी गरौ, देशको अर्थतन्त्र बचाऔं’ भन्ने नाराका साथ शनिबार बिहान संघका पदाधिकारी र व्यवसायीहरु नाकामै पुगेर सचेतना कार्यक्रम गरेका हुन । हातहातमा प्लेकार्ड र पर्चा समातेका संघको टोलीले खासगरी सामान किन्नकै लागि रुपैडिहा जाँदै गरेका र फर्किदै गरेका नेपाली ग्राहकहरूलाई स्वदेशमा सामान खरिद गर्न आग्रह गरेका थिए ।

उनीहरुले हात हातमा समातेका प्ले कार्डमा उपभोगमा विवेकशिलता प्रयोग गरौ, राष्टिय अर्थतन्त्रलाई बढावा दिउ, सीमापारी सस्तो पाईन्छ की भन्ने भ्रममा कोही नपरौ, सुपथ मुल्यमा गुणस्तरिय सामान स्वदेशमै खरिद गरौ, सीमावारीको बजार प्रर्वद्धन गरौ, स्वदेशमै कमाऔ, स्वदेशमै खर्च गरौ जस्ता नारा लेखिएका छन ।