कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ

मानबहादुर ठकुल्ला । राजापुर

बर्दियाको इलाका प्रहरी कार्यालय पाताभारले कर्तव्य ज्यान मुद्दामा एक जना फरार अभियुक्तलाई ७ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।
गेरूवा गाउँपालिका-४ जोधीपुरका श्याम बिसी भन्ने टीकाराम बुढा क्षेत्रीलाई दशैंको मौका पारी घरमा आएको गोप्य सूचनाको आधारमा घरमा लुकिछिपी बसेको अवस्थामा गत ८ असोजमा पक्राउ गरेको इप्रका पाताभारका प्रहरी निरीक्षक निराजन सुनारले जानकारी दिए । उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बर्दिया पठाइएको छ । क्षेत्रीलाई गेरूवा-४ जोधीपुरका ३६ वर्षका गंगाधर चालिसेलाई १६ साउन २०७२ मा धारिलो हतियारले प्रहार गरी हत्या गरेको आरोप लागेको थियोे । फरार भएको केहि महिनासम्म फेसबुकमार्फत विभिन्न व्यक्तिलाई काट्छु मार्छु भन्दै धम्की दिँदै हिँडेको पनि प्रहरीले जनाएको छ ।