नेपालगन्जका ब्लड क्यान्सरपीडित नाबालक मल्लिकलाई उपचार सहयोगको अपिल

नेपालगन्ज : नेपालगन्ज १८ कारकाँदोका अढाई बर्षिय बालक यश मल्लिक चार महिना देखि ब्लड क्यान्सरसंग संघर्ष गरीरहेका छन । छोरालाई ब्लड क्यान्सर भएपछि बुवा निखिलेश विश्वास र आमा राधिका शाह तनावमा छन । सुरुमा शरिरमा रातो दाना जस्तो देखिएर सामान्य उपचारका लागि गत बैशाख २९ गते शिक्षण अस्पताल नेपालगन्जमा लैजाँदा चिकित्सकले क्यान्सरको आसंकामा बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर लैजान सुझाएका थिए । आर्थिक अवस्था कमजोर भएका कारण ऋण खोजेर भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारका लागि लैजाँदा बालकमा ब्लड क्यान्सर पुष्टि भएको थियो ।

निकै महंगो उपचार पद्धती र आर्थिक अवस्था कमजोर भएका कारण ऋण काढेर पनि नसक्ने अवस्था आएपछि आफन्त र विभिन्न मनकारीको सहयोगमा बालकको चार महिनादेखि त्यही राखेर उपचार भईरहेको बुवा निखिलेस विश्वासले बताए । ‘विभिन्न मनकारीहरुको सहयोगमा उपचार भएपनि हाल उपचारका लागि आर्थिक अभाव छ’ उनले भने ।
ब्लड क्यान्सरको उपचार पद्धती निकै खर्चिलो भएका कारण आम्दानीको श्रोत नहुँदा उपचार गराउन समस्या परेको उनको भनाई छ । उनले छोरा बचाईदिन सहयोगकालागि अपिल गरेका छन ।
आम्दानीको श्रोत नभएपछि सामान्य पसल व्यवसाय गरी गुजारा गर्दै आएका ति बालकको चार महिना देखि बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भईरहेको छ । छोराको उपचारका लागि अझ धेरै खर्च लाग्ने भएकाले आर्थिक अवस्था निकै कमजोर भएको भन्दै बुवा आमाले छोरा बचाईदिन मनकारीहरुलाई सहयोगको अपिल गरेका छन् । परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएको र ब्लड क्यान्सरको उपचारमा धेरै खर्च लागिरहेकाले सहयोगका लागि परिवारले अपिल गरेका हुन् । सहयोग गर्न ईच्छुकले पीडित बालक यश मल्लिकको नबिल बैंकमा रहेको खाता नम्बर ०१४१००१७५१३२१३ मा र उनका बुवाको सम्पर्क नम्वर ९८४८०८०५०९मा सम्पर्क गरी सहयोग गर्न सकिने परिवार श्रोतले जनाएको छ ।