बर्दियामा आफ्नै छोरालाई मारेको अभियोगमा बुवा पक्राउ

बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ११ बिजयनगरका ४५ बर्षिय लौरंगलाल थारु आफ्नै छोराको अत्या अभियोगमा पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मतबहादुर बोहराका अनुसार थारुलाई आफ्नै छोरा बिबेक थारुको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । उनले बुधबार राती साढे आठ बजेतीर २० बर्षिय छोरालाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी घाईते अवस्थामा उपचारको लागी अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना भएकै दिन राती देखि फरार रहेका थारुलाई शुक्रबार बिहान १०ः३५ बजे गुलरिया नगरपालिका वडा नं. ११, ईन्द्रपुर स्थित गाउँघरमा लुकिछिपी हिडिरहेको अवस्थामा बर्दिया प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।