२ जना रातभर रुखमा चढेर किरण नालाको बाढीबाट जोेगिए, बिहान उद्दार

किरण नालाको बाढीमा फसेका दुई जनाको उद्दार गर्दै सुरक्षाकर्मीहरु । फोटो : किश्मतकुमार कक्षपतिको फेसबुकबाट

सीतापुर (बाँके) : बाँकेको सीतापुरमा दुई जना पुरुष रातभर रुखमा बसेर किरण नालाको बाढीबाट जोगिएका छन् ।
भारतको कर्नाटकबाट फर्केका खजुरा गाउँपालिका २ सीतापुरका तेजबहादुर खड्का र बर्दियाको बारबर्दिया नगरपालिकाको जयनगरका जनक चौधरी किरण नाला तर्ने क्रममा राति २ बजेदेखि बाढीमा फसेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार सोमबार बिहान शसस्त्र प्रहरीको रेस्क्यु टिम, नेपाल प्रहरी र स्थानीय युवाको सहयोगमा उनीहरुको सकुशल उद्दार गरिएको हो ।