गुल्मेली समाजद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम

नेपालगन्ज : गुल्मेली समाज सेवा समिति बाँकेले शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।
विजया दशमी, दीपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा शनिबार नेपालगन्जमा कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा होटेलमा हुने तडक भडकको खर्चमा कटौती गरी मानव सेवा आश्रमलाई नेपालगन्जको मानव सेवा आश्रमलाई खाद्यान्न र सरसफाइका समान हस्तान्तरण गरिएको संस्थाका सचिव हिमनाथ पौडेलले जानकारी दिए ।

समितिका अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँकेका प्रमुख अधिकारी सूर्यबहादुर खत्री, आन्तरिक राजस्व कार्यालयका प्रमुख सुदिशकुमार अर्याल, समितिका निवर्तमान अध्यक्ष भाष्कर काफ्ले, सशस्त्र प्रहरीका एसपी जनकबहादुर बस्नेत, बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दिवाकर खनाल, सल्लाहकार पूर्णलाल चुकेलगायत गुल्मी जिल्लामा जन्मथलो भइ नेपालगन्जमा बसोबास गर्दै आएका गुल्मेलीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका आजीवन सदस्यलाई प्रमाणपत्र हस्तान्तरण हस्तान्तरण गरिएकोे थियो ।