नवौं राष्ट्रिय खेलकुद : सुटिङमा नेपालगन्जका खेलाडीले ल्याए स्वर्ण पदक

नेपालगन्ज : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशका लागि नेपालगन्जका सुटिङ खेलाडीले स्वर्ण दिलाएका छन् । सोमबार सम्पन्न सुटिङको मिक्स इभेन्टको १० मिटर एयर पेस्तोलमा बदरुद्दिन अन्सारी र कृष्णा थापाको साझेदारीमा स्वर्ण पदक जितेका हुन् । खेलाडी अन्सारीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र थापाको फोटो राख्दै लेखेका छन्, ‘नवौं राष्ट्रिय खेलकुदमा पहिलो सफलता मिक्स टीममा स्वर्ण पदक प्राप्त गरियो ।’