बाँकेको खजुरामा स्व.तेजबहादुर ओली प्रथम स्मृति कप फुटबल प्रतियोगिता सुरू

केगाउँ (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा स्व. तेजबहादुर ओली प्रथम स्मृति कप फुटबल प्रतियोगिता सुरू भएको छ ।
शान्ति स्पोर्टस युवा क्लब केगाउँले शुक्र माविको मैदानमा आयोजना गरेको फुटबल प्रतियोगिताको खजुरा गाउँपालिका प्रमुख डम्बरबहादुर बिक ‘तुफान’ र उप–प्रमुख मञ्जु मल्लले मंगलबार सयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन खेल मोडेल टिम सीगाउँ र खजुरा युनाइटेड रिमझिमबीच हुँदैछ । प्रतियोगिताको विजेताले एक लाख एक हजार र उप–विजेता टिमले ५१ हजार रुपैयाँ पाउनेछन् । नकआउट विधिमा खेलाइने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।