तिहार नजिकिँदै गर्दा कैलालीमा तस्करी बढ्यो, ४ लाखको सामान बरामद !

मानबहादुर ठकुल्ला । टीकापुर
तिहार नजिकिँदै गर्दा कैलालीमा तस्करी बढेको छ । टीकापुर नगरपालिका ८ को जिरो प्वाइन्ट (कर्णाली नदी र मोहना नदीको दोभान क्षेत्र) बाट रातिको समयमा भारतबाट तस्करले लाखौंंका सामान नेपाल भित्र्याउने गरेको रहस्य फेला परेको छ ।
अवैध रुपमा भारतबाट ल्याएर टीकापुर नगरमा राखेको अवस्थामा मंगलबार २ः४५ टीकापुर नगरपालिका वडा न ८ बटनपुरबाट सत्ती भन्सार कार्यालय र शसस्त्र प्रहरी बल बिओपी खक्रौलाको संयुक्त गस्ती ठोलीले ४ लाख बराबरको सामान पक्राउ गरिएको सत्ती भन्सार कार्यालयका निमित्त प्रमुख तुलसीराम चौधरीले जानकारी दिए ।
तिहार नजिकिँदै गर्दा भारतबाट तिहार लक्षित सामान तस्करी हुने गरेको छ । तिहारका लागि भन्दै ल्याउँदै गरेको इलेक्ट्रोनिक सामान पक्राउ गरिएको हो । पक्राउ गरिएको सामानमा झालर लाईट, मल्टिल्लक, इन्भटर ब्याट्री गरि १ लाख ३६ हजार र तीन वटा मोटरसाइकल गरि ४ लाख ३६ हजार बराबरको रहेको शसस्त्र प्रहरी बल बिओपी खक्रौलाका प्रमुख अशोक बिष्टले बताए । सत्ती भन्सार कार्यालय खक्रौलाले चालू आर्थिक वर्षको साउनमा ४७ लाख २५ हजार ९ सय ७५ , भाद्र महिनामा २४ लाख ४ हजार २ सय ३५ र असोज महिनामा १ करोड १४ लाख ८३ लाख १ सय ६० रुपैया राजस्व संकलन गरेको छ । असोज महिनामा स्टिल उद्योगको सामानबाट राजस्वमा बृद्धि भएको र अन्य कपडा हाडवेयर्स र इलेक्ट्रोनिक सामान भने शून्य अवस्थामा आउने गरेको भन्सारका सुब्बा दीलिप कुँवरले जानकारी दिए ।