नेपालगन्ज उपमहानगर परिसरमा लाग्यो हाट बजार 

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका परिसरमा एक दिने हाट बजार लागेको छ । नेपालगन्ज उपमहानगरपालिका, जर्मन सहयोग नियोग (जीआइजेड), अन्तरप्रेरणा प्रा.लि. र नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज कार्य समितिको सहकार्यमा शुक्रबार एक दिने हाट बजार सञ्चालन भएको हो ।
स्थानीय उत्पादन मह, अचार, विर्यानी, मःम, फिनि, अर्सा, गड्यौला मल, फूलको माला, भाइमसला, थाकलको पातबाट बनाइएका व्याग, लत्ताकपडा, कस्मेटिक सामाग्री लगायत राखिएको थियो । हाट बजारले नयाँ उद्यमीहरुलाई प्रोत्साहन मिल्ने नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले जोड दिए ।