डुडुवामा दोस्रो महाद्वीपोत्सव : राप्तीकिनार झलमल्ल (फोटो फिचर)

राप्ती किनारमा महाद्वीपोत्सव । फोटोहरु : राकेश मिश्रको फेसबुकबाट

सिधनीय घाट राप्ती नदी किनार (डुडुवा बाँके)
बाँकेको डुडुवा गाउँपालिकाको राप्ती नदीको सिधनीया घाटमा तिहारको अवसरमा यस वर्ष पनि महादिपोत्सव गरिएको छ । राप्ती किनारमा ५ हजार १११ वटा दीयो बालिएको थियो । महाद्वीपोत्सवपछि राप्ती किनार बत्तिको उज्यालोले झलमल्ल भएर धपक्कै बलेको थियो । महाद्वीपोत्सव गर्नु अघि डुडुवा गाउँपालिका अध्यक्ष चौधरीले पण्डितबाट पूजा गरेका थिए । दियो बाल्दै स्थानीयले जय श्रीराम भन्दै जयजयकार गरेका थिए ।