उदाउँदो* सूर्यलाई अर्घ दिएर छठ पर्व सकिने

नेपालगन्ज : तराईवासीको ठूलो पर्व छठ सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर समापन हुँदैछ ।
आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट सोमबार उदाउँदै सूर्यलाई अर्घ दिएर छठ पर्वको विधिवत् रुपमा समापन गर्ने धार्मिक चलन रहेको छ । बिहानीको अर्घ दिएर सकेपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी छठ पर्व चार दिनसम्म मनाउने गरिन्छ । पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ । जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ। दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ। यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ। * सच्चाइएको