नमूनाद्वारा कचनापुरमा गठबन्धनको निर्वाचन परिचालन कार्यालय उद्घाटन

नेपालगन्ज : वाम–लोकतान्त्रिक गठबन्धनले निर्वाचन क्षेत्र नं. १ (१) अन्तर्गत राप्ती सोनारी गाउँपालिका–२ कचनापुरमा वडा स्तरीय संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालनमा ल्याएको छ ।
कार्यालयको गठबन्धनबाट क्षेत्र नं. १ (१) प्रदेशसभा सदस्यकी उम्मेदवार कृष्णा केसी ‘नमूना’ले उद्घाटन गरेकी हुन । नमूना दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छिन् । उनले अघिल्लो कार्यकालमा आफूले राप्तीसोनारी र नरैनापुरको विद्युतीकरण, सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको र यी पालिकामा कृषि, पर्यटन र पूर्वाधार विकासका बाँकी काम पूरा गर्न फेरि पनि उम्मेदवारी दिएको बताइन् । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, महिला नेतृ संगिता चौधरीलगायतका गठबन्धनमा आवद्ध रहेका दलहरुका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।