आलुको दानाभित्र २३ ग्राम ब्राउन सुगर !

मानबहादुर ठकुल्ला । टीकापुर
लागूऔषधका कारोबारीले भारतबाट आयात गर्ने खाद्यवस्तुमा ब्राउन सुगर ल्याउने गरेको रहस्य खुलेको छ ।
कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयले भारतीय सीमा नाकाबाट साइकलमा ल्याइरहेको आलुको बोराभित्र २३ ग्राम ४१० मिलिग्राम ब्राउन सुगरसहित टीकापुर नगरपालिका १ का २५ वर्षीय सुरज चौधरीलाई सोमबार पक्राउ गरेको हो । आलुको बोराभित्र दुई दाना आलु काटेर लुकाएर ल्याउँदै गरेको अवस्थामा खक्रौला चेकपोष्टमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।