पूर्वमन्त्री फत्तेसिंह थारु एमालेका रत्न खत्री जिताउन सक्रिय !

नेपालगन्ज : बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ (१)मा नेकपा एमाले र राप्रपाको संयुक्त उम्मेदवारद्धयलाई जिताउन पूर्वमन्त्री फत्तेसिंह थारुले मैदानमै कमाण्ड सम्हालेका छन् ।
राप्रपाका बरिष्ठ नेता थारु सोमबार दिनभर प्रदेशसभाका उम्मेदवार खत्रीसँगै बैजनाथ गाउँपालिकाका विभिन्न गाउँवस्तीमा पुगिरहेका छन् । केही दिनयता पूर्वमन्त्री थारुको प्रमुख आतिथ्यतामा प्रदेश ३ (१)मा औपचारिक र अनौपचारिक कार्यक्रम भरहेका छन् ।
एमाले बाँके जिल्ला कमिटीका सचिव समेत रहेका उम्मेदवार खत्रीले प्रदेशको विकास र समृद्धिका लागि आफू उम्मेदवार बनेको बताउँदै अन्य पार्टीले पटक–पटक जनतामा असफल भइसकेका ब्यक्तिलाई जबरजस्ती मैदानमा उतारेको टिप्पणी गरे ।