पाल्पाली मिलन केन्द्र बाँकेको अध्यक्षमा पोखरेल

कोहलपुर : पाल्पाली मिलन केन्द्र बाँकेको अध्यक्षमा माधवप्रसाद पोखरेल निर्वाचित भएका छन् ।
‘पाल्पाली परिचय हाम्रो शान, सबैको मान सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराका साथ केन्द्रको शनिबार कोहलपुरमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले पोखरेलको नेतृत्वमा सात सदस्यीय कार्य समिति सर्वसम्मत् रुपमा निर्वाचित गरेको हो । केन्द्रको तदर्थ समितिको संयोजक भएर पोखरेलले अधिवेशन गराएका हुन् । केन्द्रको उपाध्यक्षमा उर्मिला पाण्डेय, सचिव थानेश्वर पाण्डे, सहसचिव विष्णु अर्याल र कोषाध्यक्षमा गंगा पोखरेल चयन भएका छन् । त्यसैगरी विष्णु पाण्डेय, कपिल नेपाल, ढुण्डिराज भट्टराई र जनकबहादुर मगर सदस्यमा निर्वाचित भएका छन् । केन्द्रको कानुनी सल्लाहकारमा वसन्त गौतम, सल्लाहकार कोपिला पराजुली, ईश्वरी अर्याल, श्रीधर अर्याल, हरि ज्ञवाली र रामप्रसाद पोखरेललाई चयन गरेको केन्द्रका अध्यक्ष पोखरेलले जानकारी दिए । पाल्पा जिल्लामा जन्मस्थल भइ बाँके बर्दियामा विभिन्न पेशा व्यवसाय आबद्ध भएका व्यक्तिहरुको भेलाले गएको २८ जेठमा केन्द्रको तदर्थ समिति गठन भएको थियोे ।