बाँकेमा ४ सञ्चारकर्मीमाथि आक्रमण र दुर्व्यवहार !

नेपालगन्ज : बाँकेमा १० दिनको अवधिमा चार जना सञ्चारकर्मीमाथि आक्रमण र दुर्व्यवहार भएको छ ।
नेपाल प्रेस युनियन बाँके शाखाका सचिव विजय मल्लका अनुसार कोहलपुरमा कार्यालय रहेको साहारा टिभी (युट्युब च्यानल)का हिमान्सु शाहीमाथि आइतबार युवाको एक समूहले सांघातिक आक्रमण गरेको थियो । यसअघि सोही युट्युब च्यानलमा कार्यरत सञ्चारकर्मी नविन परियार र बसन्ती हमालमाथि पनि अज्ञान समूहले दुर्व्यवहार गरेको थियो । १० कार्तिकमा नेपालगन्जका सञ्चारकर्मी अभिनव गुप्तामाथि तस्कर समूहले आक्रमण गरेको थियो । उनी स्वास्थ्य लाभ गरिरहेका छन् । नेपाल प्रेस युनियनका सचिव मल्लले आइतबार विज्ञप्ती प्रकाशित गरेर आक्रमणप्रति छानबिन गर्न सरकारसँग माग गरेको छ ।
निर्वाचन नजिकिँदै गर्दा सञ्चारकर्मीमाथि आक्रमणका घटना भएपछि पत्रकारिता क्षेत्र सुधारका लागि सरोकारवालाले सुझाव दिन थालेका छन् । सञ्चारिक समूह बाँकेका अध्यक्ष रुपनी जीएमले फेसबुकमा स्टाटस लेखेर पत्रकारिता क्षेत्रका विकृति अन्त्य गर्न सुझाव दिएकी छन् :