फलो अप : कैलालीको सामुदायिक वनमा भेटिएको शवको पहिचान खुल्यो

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिकाको सत्ती-कर्णाली सामुदायिक उपभोक्ता समूहको वनमा बिहीबारमृत अवस्थामा भेटिएको पुरुषको शव पहिचान भएको छ ।
इलाका प्रहरीले कार्यालय टीकापुरका प्रमुख डीसपी हेमबहादुर शाहीका अनुसार मृतक टीकापुर नगरपालिका-१ गणेशपुर शिबिरका ३४ वर्षिय अनिल चौधरी रहेको पहिचान भएको छ । उनी गत १९ कार्तिकमा राति ३ बजे घरबाट निस्केका थिए । टीकापुर अस्पतालमा आएर आफन्तले शव हेरेपछि उनको पहिचान खुलेको र पोष्टमार्टमपछि आफन्तले बुझेर लगेका छन् । मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको इप्रकाले जनाएको छ ।