अकल बम भन्छन्, ‘नेपालगन्जलाई महानगर* बनाउनुपर्छ’

नेपालगन्ज : नेकपा (माओवादी केन्द्र)बाट बाँके क्षेत्र नं. २ (२) का प्रदेश सभा सदस्य अकलबहादुर बमले नेपालगन्जलाई महानगरपालिका बनाउने चुनावी एजेण्डा प्रस्तुत गरेका छन् ।
मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी प्रदेश सभा निर्वाचनको प्रतिबद्धता सार्वजनिक गर्दै नेता बमले नेपालगन्जलाई महानगरपालिका बनाउन पहल गर्ने बताए । यसअघि लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा शंकर पोखरेलले नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकालाई मिसाएर महानगर बनाउने घोेषणा गरेका थिए । प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि महानगर बनाउने कुरा समावेश गरिएको थियो । उम्मेदवार बमले आफ्ना चुनावी एजेण्डा पूरानै भए पनि पूरा भएका विषय भएकाले उठाउनु परेको बताए । उनले नेपाली कांग्रेसलाई सत्तागठबन्धनको मर्म अनुरुप आफ्नो पक्षमा समर्थन गर्न आग्रह गरेका छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेस र माओवादी मित्रवत् प्रतिष्पर्धामा छन् । कांग्रेसबाट लुम्बिनी प्रदेशका बहालवाला वन मन्त्री सुरेन्द्र हमाल पनि चुनावी प्रतिष्पर्धामा छन् । * सच्चाइएको