नेपालगन्ज म्याराथनको स्वामित्व लिन उपमहानर तयार छ : प्रमुख विष्ट

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले नेपालगन्ज म्याराथनको स्वामित्व लिन आफू तयार भएको बताएका छन् ।
८औं धारा नेपालगन्ज म्याराथनको तयारीबारे बिहीबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख विष्टले न्यूयोर्क र वर्लिन सहरलाई जस्तै नेपालगन्जलाई पनि म्याराथनले चिनाउने भएकाले आफू स्वामित्व लिन तयार भएको बताए । उनले भने, ‘नेपालगन्ज म्याराथनलाई उपमहानगरपालिकाले बार्षिक क्यालेण्डरमा राखेर सहयोग हुनेछ ।’ कार्यक्रममा केएल दुगडका प्रबन्धक कुमुद दुगडले पनि भावी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । म्याराथन संरक्षक समितिका सदस्य सञ्जय सिंहको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले म्याराथनको तयारीका विषयमा जानकारी गराएका थिए । आगामी मंसिर २४ गते नेपालगन्जमा म्याराथन हुँदैछ ।