शाहद्वारा नरैनापुरमा पेट्रोल पम्पको उद्घाटन

नेपालगन्ज : बाँकेको नरैनापुरमा पेट्रोल पम्प सञ्चालनमा आएको छ ।
नरैनापुर गाँउपालिका-५ मटेहियामा रहेको स्टार रिफ्युलिङ्ग सेन्टरको गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सोमबार उद्घाटन गरेका हुन् । अध्यक्ष शाहले पम्प सञ्चालनमा आएसँगै उपभोक्तालाई पेट्रोल र डिजेल लिन नेपालगन्ज वा भारत जानुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
सञ्चालक रिजवान अहमद खाँले पम्पमा डिजिटल प्रविधिको डिस्पेन्सिङ मेसिन जडान गरिएकोले उपभोक्ताले सवारी साधनमा इन्धन भर्दा परिमाण, कुल मूल्य र प्रतिलिटर मूल्यबारे सहजै थाहा हुने जानकारी दिए ।