भ्रष्टाचारविरुद्ध नेपालगन्जमा वाकाथन (फोटो फिचर)

नेपालगन्ज : भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार बिहान नेपालगन्जमा वाकाथन (पैदल म्याराथन) गरिएको छ ।
बास नेपालको आयोजना तथा अन्तरालको संयोजनमा सुर्खेतरोडको गणेशमान चोकबाट निकालिएको -यालीले चारवाहिनी चोक, सदरलाइन, त्रिभुवन चोक हुँदै वीपी चोकसम्म नगर परिक्रमा गरेको थियो । -यालीमा सुरक्षाकर्मी, सरकारी अधिकारी, स्वास्थ्यकर्मी, नागरिक अभियन्ता, पत्रकार, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । बास नेपालले दोस्रो पटक भ्रष्टाचारविरुद्ध वाकाथन आयोजना गरेको हो ।