डुडुवाका शिक्षक ५ महिनादेखि तलबविहीन, शिक्षकद्वारा संघर्षका कार्यक्रम घोषणा

रमेशकुमार यादव । डुडुवा
बाँकेको डुडुवा गाउँपालिकाका शिक्षकहरु पाँच महिनादेखि तलबविहीन छन् ।
डुडुवा गाउँपालिकाको गाउँसभा नभएको कारण शिक्षक र कर्मचारीले साउन महिनादेखि मंसिर महिनासम्मको तलबभत्ता नपाएका हुन् ।
नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति बाँकेले गाउँपालिकालाई शिक्षक कर्मचारीको तलबभत्ता उपलब्ध गराउन माग गर्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । महासंघका जिल्ला अध्यक्ष पवनकुमार यादव र सचिव महेशकुमार शर्माले हस्ताक्षर गरेको ज्ञापनपत्रमा तलबभत्ता नपाउँदा शिक्षकले सेवा प्रदान गर्ने सामस्या देखिएको भन्दै संघर्षका कार्र्यक्रम घोषणा गरिएको छ । २५ गते कालोपट्टी बाँध्ने, २६ गते आधा दिन मात्र पढाउने, २७ गते पेन डाउन, २८, २९ र पुस १ मा गाउँपालिकामा धर्ना र ३ गतेदेखि गाउँपालिकामा तालाबन्दी गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ ।