शिव गायत्री गौशाला व्यवस्थापन समितिको अध्यक्षमा रोका

रमेशकुमार यादव । पदमपुर
शिव गायत्री बिधा बिस्तार प्रज्ञा मण्डल गौशाला व्यवस्थापन समितिको अध्यक्षमा बुरसे रोका निर्वाचित भएका छन् ।
बाँकेको डुडुवा गाउँपालिका ५ रहेको गौशालाको शनिबार सम्पन्न ११औ वार्षिक साधारणसभाले रोकालाई सर्वसम्मत् रुपमा अध्यक्ष चयन गरेको हो । यसअघि समितिको अध्यक्ष बेलबहादुर बोहराले कार्य व्यस्तताको कारण देखाउँदै पद छोडेका हुन् । निवर्तमान अध्यक्ष बोहोराले शनिबार नवनिर्वाचित अध्यक्ष रोकालाई पद हस्तान्तरण गरेका थिए । यसअघि साधारणसभाको लुम्बिनी प्रदेशसभा सदस्य भण्डारी लाल अहिर (यादव)ले उद्घाटन गरेका थिए । सभामा वडा सदस्य झंकबहादुर थापा र सूर्यलाल यादव, गायत्री परिवारका पुरन मल यादव, गोपी चन्द र मनोजराज श्रीवास्तव लगायतले सभाको सफलताको कामना गरेका थिए । गौशालामा गौमुत्र प्रशोधन गरेर बिक्री गर्दै आएको छ। स्थानीयका लागि विवाह, ब्रतबन्ध, पूजा, यज्ञ लगायतका धार्मिक कार्य गर्ने गौशाला पवित्र स्थलको रुपमा रहेको छ ।