१२ जना उत्कृष्ट मन्टेश्वरी शिक्षकलाई सम्मान

नेपालगन्ज : मण्टेश्वरी एसोसिएसन बाँकेले १२ जना उत्कृष्ट मन्टेश्वरी शिक्षकलाई सम्मान गरेको छ ।
एसोसिएसनको बिहीबार नेपालगन्जमा सम्पन्न पाँचौं वार्षिकोत्सवमा लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले शिक्षकmलाई सम्मान गरेकी हुन् । सांसद काफ्लेले मन्टेश्वरी शिक्षाको विकासका लागि राज्यले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा क्रियटिभ चिल्ड्रेन होम नेपालगन्जकी कुन्ती रावल, साइनिङ्ग स्टार खजुराकी प्रमिला थापा, द नेपालगन्ज पब्लिक मन्टेश्वरी नेपालगन्जकी भावना शर्मा, बेबि ब्लुम मण्टेश्वरी कोहलपुरकी रश्मिला देवकोटा, स्माल ह्यभेन मण्टेश्वरी कोहलपुरकी उषा बिक, ग्रेस मण्टेश्वरी बैजनाथका गीता घर्ती, ह्यप्पी किड्स मण्टेश्वरी कोहलपुरकी भावना वली, दोश्रो पाइला मन्टेश्वरी कोहलपुरकी पार्वती शाही र मोडर्न क्रियटिभ मन्टेश्वरी नेपालगन्जकी ममता जिसी, नोबेल प्रि मन्टेश्वरी कोहलपुरकी अमृता बिक, लिटिल होराइजन मन्टेश्वरी नेपालगन्जकी शान्तीकुमारी कार्की, खुसीघर मण्टेश्वरी बैजनाथकी भावना बुढा क्षेत्रीलाई उत्कृष्ट मन्टेश्वरी शिक्षकको रुपमा सम्मान गरिएको हो । कार्यक्रममा सम्मानित हुने शिक्षिकाबारे सचिव प्रभा थापा मगरले जानकारी गराएकी थिइन् ।
मण्टेश्वरी एसोसिएसन बाँकेका अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष तथा एसोसिएसनका सल्लाहकार नमस्कार शाह, प्याव्सन बाँकेका उपाध्यक्ष शरद रावल, दिदीबहिनी समाज बाँकेकी अध्यक्ष रमादेवी शाह , एसोसिएसनका उपाध्यक्ष दुर्गा बजगाईलगायतले वार्षिकोत्सवको सफलताको कामना गरेका थिए । कार्यक्रममा विभिन्न मन्टेश्वरी स्कूलका शिक्षिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।