बाँकेका पाँच अग्रज पत्रकारलाई सम्मान

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्लाका पाँच जना अग्रज पत्रकारलाई सम्मान गरेको छ ।
महासंघ बाँके शाखाको १३औं साधारणसभामाको अवसरमा प्रेस स्वतन्तता सेनानी नरेन्द्रजंग पिटर, उज्यालो साप्ताहिकका सम्पादक वासुदेव श्रेष्ठ, रेडियोकर्मी गणेश जीसी, संकल्प साप्ताहिकका सम्पादक लियाकत अलि र जनमत अद्र्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुकेलाई सम्मान गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र बाँके शाखा अध्यक्ष दामोदर भण्डारीले दोसल्ला ओढाएर जनही तीन हजार रुपैयाँ प्रदान गरेर सम्मान गरेका हुन् ।

नेपाल पत्रकार महासंघ बाँके शाखाले सम्मान गरेका अग्रज पत्रकारहरु । फोटोहरु सौजन्य : भीष्म लोध