विश्व पब्जी च्याम्पियनसीपमा नेपाली टिम डीआरएस उप-विजेता, झन्डै तीन करोडको पुरस्कार जित्न सफल

विमोचन खनालनेपालगन्ज
विश्व पब्जी प्रतियोगिता (पब्जी मोबाइल ग्लोबल च्याम्पियनसीप)मा नेपाली टोली डीआरएस दा रियल सोल्जर दोस्रो हुन सफल भएको छ ।
इन्डोनेसियामा भएको तीन दिने ल्यान इभेन्टको आइतबार भएको फाइनलमा १५८ प्वाइन्टसहित नेपाली टोली डीआरएस उपविजेता बनेको हो । उपविजेता बनेको नेपाली टोलीले २०० हजार डलर पुरस्कार र सहभागिता वापत २० हजार डलर सहभागिताबापत पाएको हो । जुन नेपाली दुई करोड ९१ लाख रुपैयाँ हुन आउँछ ।

चार सदस्यीय नेपाली टोलीमा टिम क्याप्टेन सुविनकुमार प्रजापति (रुल्ज), दीपेश गुरुङ (डेल्टा एक्स), शाहास भण्डारी (किलर वाइटी) र समीर गुरुङ (ग्यान्टे) ले प्रतियोगितामा भाग लिएका थिए । अहिलेसम्म भएका सबै (तीन पटकसम्म) पीएमजीसीमा सहभागी भएको डीआरएसले पहिलो पटक विश्व उपविजेता बनेको हो ।
विश्व पब्जी प्रतियोगितामा टर्कीको टिम एसटुजी च्याम्पियन भएको छ । उसले ४०० हजार डलर पुरस्कार र २० हजार डलर सहभागिता वापत पाएको छ । जुन नेपाली पाँच करोड ५५ लाख रुपैयाँ हुन आउँछ । नेपाली अर्को टिम टिटुके ट्रन टु किल भने १३औं स्थानमा आएको हो । उसले १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ । प्रतियोगितामा नेपालका दुई टिम, साउथ एशियाका चार वटा टिमसहित विश्वका १६ उत्कृृष्ट टिमको सहभागिता रहेको थियो ।