सूर्यपुरमा पनि कृषक पाठशालाको समापन

मानबहादुर ठकुल्लाटीकापुर
कैलालीको टीकापुर नगरपालिका-८ सूर्यपुरमा पनि तीन महिने कृषक पाठशाला समापन भएको छ ।
बिहीबार सूर्यपुरमा मिलन कृषक पाठशालाका अध्यक्ष मीना बखरियाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिमा टीकापुर-८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला, दिगो विकास समाजका सहसचिव धनीराम राजी, परियोजना अधिकृत विनोद शाहलगायतका वक्ताहरुले जलवायु अनुकूलन कृषिमा जोड दिँदै रासायनिक मल र बिषादीको न्यूनीकरण गर्न प्राङ्गाणिक मल प्रयोग गरि खेतीमा उर्वरता बढाउन किसानसँग आग्रह गरेका थिए । यसअघि टीकापुर ९ बौनियामा पनि तीन महिने कृषक पाठशाला सम्पन्न भएको थियो ।