सवा एक लाखको भन्सार छलेको सामान बरामद


नेपालगन्ज : बाँके प्रहरीले करिब सवा एक लाख रुपैयाँ बराबरको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटेको टोलीले शुक्रबार चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलेर ल्याएको बेबारिसे अवस्थाको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बरामद गरिएको सामानमा ३ बोरा चिनी, सेलो पेन १० कार्टुन, सुपर पावर सुर्ति १०० पोका, जेन्स सुट कपडा ६ थान, भेली ८० किलो, लेडिज उनको सुट १४ पिस, २ बोरा पिठो रहेको छ । जुन सामानको बजार मूल्य अन्दाजी मूल्य एक लाख १२ हजार ९५० रहेको प्रहरीले जनाएको छ । यसरी बरामद गरिएको सामान नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।