पोखरा यति विमान दुर्घटना : महेन्द्रनगरका आमाछोराको मृत्यु

नेपालगन्ज : यति एयरको विमान पोखरामा भएको दुर्घटनामा परी महेन्द्रनगरका आमा छोराको मृत्यु भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको पशुपति इम्पोरियमका सञ्चालक सञ्जीव भट्टकी पत्नी सुस्मा र छोरा स्लकको मृत्यु भएको छ । व्यापारी भट्ट पोखरा पुगेर काठमाडौंमा रहेका आमाछोरालाई घुम्न बोलाएका थिए ।
दुर्घटनामा पोखराका पत्रकार त्रिभुवन पौडेलको पनि मृत्यु भएको छ । पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य थिए । त्यसैगरी लोेक गायिका नीरा छन्त्यालको पनि विमान दुर्घटनामा ज्यान गएको छ ।
आइतबार बिहान काठमाडौंबाट उडेको यति एयरको पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ६९ जनाको मृत्यु पुष्टि भएको छ । यती एयरलाइन्सले आइतबार विज्ञप्ती जारी गर्दै विमानमा सवार ६९ जनाको मृत्यु भएको पुष्टि गरेको हो । तीन जनाको उद्धार जारी रहेको एयरलाइन्सले जनाएको छ। बिहान १० बजे ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको विमान अन्तिम पटक १०ः५० मिनेटमा सेती खोंचबाट टावरको सम्पर्कमा आएको थियो । त्यसपछि विमान सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए । विमानमा ५३ नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, एक एक जना अर्जेन्टेनी, अष्ट्रेलियन, आइरिस र फ्रान्सेली नागरिक सवार थिए ।