विमान दुर्घटनाका मृतकको सम्झनामा द्वीप प्रज्वलन

कोहलपुर : पोखरामा यति एयरको हवाइजहाज दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा बाँकेका विभिन्न स्थानमा द्वीप प्रज्वलन गरिएको छ ।
भोलिन्टियर्स सोसाइटी अफ बाँके नेपाल र कोहलपुर रेसिङ साहारा क्लबले सोमाबार साँझ कोहलपुर नगरपालिका २ को सिद्ध मन्दिर चोकमा द्वीप प्रज्वलन गरेर विमान दुर्घटनामा मृत्यु भएका स्वदेशी, विदेशी हवाइयात्री र चालक दलका सदस्यको सम्झना गरिएकोे सोसाइटीका संयोवक दिनेशराज न्यौपानेले बताए । कार्यक्रममा शोक सभा पनि गरिएको थियो । कोहलपुरका राजनीतिक दलका नेता, समाजसेवी, शिक्षक, पत्रकार र स्थानीयको सहभागिता रहेको थियो ।