टीकापुरबाट भन्सार छलेको सामान बरामद

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर प्रहरीले भन्सार छलेर भारतबाट नेपाल भित्र्याउन लागेको सामान बरामद गरेको छ ।
प्रहरी चौकी कालाकुण्डाबाट प्रहरी नायव निरीक्षक डेनीबहादुर स्वाँरको नेतृत्वमा खटिएको टोलीले टीकापुर नगरपालिका वडा न ८ श्रीलंकाबाट मंगलबार दिउँसो पौने चार बजेतिर उक्त सामान बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।
प्रहरीले बरामद गरेको सामानमा गिल्मर फिल्टर ६ थान, इन्डीकेटर ५ थान, बेरीङ ८ थान, स्यामाल सुर्ती १२ पोका, सिस्टम गुट्का ७ पोका, साइकल ५ ओटा, मैदा १६० किलो, चिनी १२५ किलो, मोतीमाला ११ पोका, हार २९ पिस, कडा १७ पिस मंगल सुत्र १९ पिस गरेर करिब साढे ६५ हजार रुपैयाँ बराबरका माल सामानहरु बेवारीसे अबस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय सत्ती कैलालीमा पठाइएको इप्रका टीकापुरले जनाएको छ ।