सूचना साक्षरता फैलाउँदै युथ मिडिया च्याम्पियन

नेपालगन्ज : सन्चार माध्यम तथा सामाजिक सन्जालको दुरुपयोग रोक्न युथ मिडिया च्याम्पियन सक्रिय भएका छन् ।

युथ मिडिया च्यापियन पूजाकुमारी वैश्य

सञ्चार तथा सूचना साक्षरता सम्बन्धी बुधबार नेपालगन्जमा अन्तक्र्रिया कार्यक्रम गरिएको थियो ।कार्यक्रममा युनेस्को युथ मिडिया च्याम्पियन पूजाकुमारी वैश्यले सन्चार माध्यम र सामाजिक सन्जालको दुरुपयोग निकै बढेको बताउँदै सामाजिक सन्जालको सदुपयोग कसरी गर्ने तथा दुष्प्रचार, मिथ्या तथा भ्रामक सूचनाबाट कसरी जोगिने भन्ने उद्देश्यले सञ्चार तथा सूचना साक्षरता सम्बन्धी कार्यक्रम गरिएको बताइन् ।उनले भनिन्, ‘सञ्चार र सूचना साक्षरताले मानिसलाई सही सूचना प्राप्त गर्न, समाजमा शान्ति निर्माणका अभियानहरूमा भाग लिन, समानता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचका साथै दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्दछ ।’

नगर प्रमुख प्रशान्त विष्ट

नेपालगन्ज उपहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले सूचनाले समाजमा सबैलाई असर पार्ने भएकाले सहभागीलाई समाजमा सही सूचनाको प्रबद्र्धन गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्र डम्मरपालले दिनदिनै साइबर क्राइमको निवेदन आइरहेको हुनाले यो सञ्चार र सूचना साक्षरता कार्यक्रम अति नै आवश्यक रहेको बताए ।
पूर्णतारा फाउण्डेसनका अध्यक्ष तारा रोकायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष शुऋऋषि चौलागाई, कोषाध्यक्ष यमनाथ घिमिरे, महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहले सही सूचनाको प्रयोग गर्नुपर्ने र मिथ्या सूचनाबाट महिला, युवा तथा बालबालिका जोगिनुपर्नेमा जोड दिएका थिए ।

युनेस्को काठमाडौं, अन्तर्राष्ट्रिय युवा मिडिया समिट र युनेस्को युथ मिडिया चम्पियनको पहलमा नेपालगन्ज उपमहानगरपालिका, लुम्बिनीपत्र दैनिक, पूर्णतारा फाउण्डेसन नेपालको समन्वय र सहकार्यमा सम्पन्न कार्यक्रममा बाँकेका ८ वटै स्थानीय तहका ३५ जनाको सहभागिता रहेको थियो ।