टीकापुरमा खुला फुटबल प्रतियोगिता सुरु

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा न ८ बटनपुरमा फुटबल प्रतियोगिता शुरु भएको छ ।
सगरमाथा युथ क्लब बटनपुरको आयोजना तथा धनसिहपुर प्रवासी समितिको सहयोगमा शुक्रबारदेखि सुरु भएको माघी मिलन तथा खुला फुटबल प्रतियोगिताको टीकापुरका नगर प्रमुख रामलाल डगौरा थारुले उद्घाटन गरेका हुन् । नगर प्रमुख थारुले स्थानी स्तरमा खेलकुद हुने प्रतियोगिताले युवा पुस्तालाई लागूऔषधबाट जोगाउने बताए ।

११ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेड एकेडेमीले टीकापुर नगरपालिका वडा न ५ नुक्कलीपुरलाई २ १ गोलको अन्तरले पराजित गरेको थियो । आयोजकले प्रतियोगितामा मेरो खुसी डटकम नेपालगन्ज, टीकापुर दैनिक, सुदूर सन्दर्भ साप्ताहिक र प्रदेश प्वाइन्ट डटकमलाई मिडिया पाटर्नर बनाएको छ ।
सगरमाथा युथ क्लबका अध्यक्ष योगेन्द्र साउँदको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रममा टीकापुर ७ वडा अध्यक्ष यज्ञप्रसाद न्यौपाने, साबिक धनसिहपुर गाविसका पूर्वअध्यक्ष जंगबहादुर साउँद, युथ क्लबका उपाध्यक्ष मानबहादुर साउँदले प्रतियोगिता सफलताको कामना गरेका थिए ।