टीकापुर फुटबल : सगरमाथा युथ क्लब विजयी

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा न ८ बटनपुरमा जारी खुला फुटबल प्रतियोगिताको शनिबारको खेलमा सगरमाथा युथ क्लब बटनपुर विजयी भएको छ । सगरमाथाले ओजुवा ताल डल्फिन क्लबलाई शून्यका विरुद्ध एक गोलले पराजित गरेको हो । यसअघि शुक्रबारको दोस्रो खेलमा पुष्कल डिजे टीकापुरले सगरमाथा युथ क्लबलाई ६ १ गोल अन्तरले पराजित गरेको थियो ।

आइतबार सूर्योदय युवा क्लब सूर्यपुर र भजनी नगरपालिका ३ गोदामटोल बीच हुनेछ । प्रतियोगिता प्रथम हुनेलाई ५१ हजार र दोश्रो हुने टिमलाई ३१ हजार नगद सहित ट्रफि पुरस्कार रहेको आयोजक क्लबका अध्यक्ष योगेन्द्र साउँदले जानकारी दिए । शनिबार धनसिंहपुर प्रवासी समितिका सदस्य टंकबहादुर साउँदलाई सम्मान समेत गरिएको थियो । प्रवासी समितिले टीकापुर ८ स्थित स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स सहयोग गरेको छ ।