लुम्बिनी सरकारको प्राथमिकतामा राजापुर छ : मन्त्री नमूना

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी नमूनाले बर्दियाको राजापुर क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएकी छन् ।
बिहीबार राजापुरमा रहेको किसान माध्यमिक विद्यालयको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । प्रदेशको पश्चिम क्षेत्रमा रहेको राजापुर क्षेत्रको विकासमा लुम्बिनी सरकार प्रतिबद्ध रहेको मन्त्री नमूनाले बताइन् ।
‘लुम्बिनी प्रदेशको सबैभन्दा पश्चिम क्षेत्रमा पहिले राजापुर टापुका रुपमा चिनिने अहिलेका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका रहेका छन्’ उनले भनिन्, ‘यहाँ रहेका दुवै .यहाँको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतको क्षेत्रलाई लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
हातमा सीप भए पढाईपछि सहजै रोजगारी र व्यवसाय गर्न सहज हुने उहाँले दाबी गर्नुभयो । राजापुर क्षेत्रमा प्राविधिक शिक्षालय सञ्चालनको लागि लुम्बिनी प्रदेश सरकार सकारात्मक रहेको मन्त्री नमूनाको भनाइ थियो । ‘यहाँ एउटा प्राविधिक शिक्षालयको आवश्यकता देखिन्छ’ उनले भनिन्, ‘राजापुर नगरपालिकाले सिफारिस गरेर पठाएको रहेछ । मन्त्रिपरिषद् विस्तार भएपनि प्रक्रिया अगाडि बढाउन भूमिका खेल्छु ।’