७औं राष्ट्रिय थारु साहित्य सम्मेलन माघ २०-२२ बाँकेमा हुँदै

७औं राष्ट्रिय थारु साहित्य सम्मेलनबारे नेपालगन्जमा आयोजित पत्रकार सम्मेलन

नेपालगन्ज : ७औं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेमा हुने भएको छ ।
थारु लेखक संघ नेपाल बाँके र थारु गोचाली समाज नेपाल राप्तीसोनारीले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका केन्द्रीय सदस्य शेखर दहितले आगामी माघ २०–२२ तीन दिनसम्म राप्तीसोनारी गाउँपालिका–६ सिधनवा आयोजना हुन लागेको बताए । सम्मेलनमा थारु भाषा, साहित्य, कला, संस्कृति, परम्परालगायतका विषयमा छलफल र बहस हुनेछ ।
सम्मेलनमा आएका पाहुनाहरुलाई राप्तीसोनारी र नरैनापुरमा रहेका पर्यटकीय क्षेत्र बर्फानीबाबा, सन्तानेश्वर, भुवरभवानी, सिक्टा नहर मूल बाँध क्षेत्रको अवलोकन गराउने कार्यक्रम रहेको स्थानीय आयोजक थारु गोचाली समाज नेपाली राप्तीसोनारीका महासचिव कालुराम समर्पणले जानकारी दिए ।
यसअघि ०७३ सालमा पहिलो राष्ट्रिय थारु साहित्य सम्मेलन दाङमा भएको थियो । दोस्रो कैलालीको धनगढीमा, तेस्रो बर्दियाको बढैयातालमा, चौथो रुपन्देहीको मुर्गीया, पाँचौं सुर्खेतको नयाँगाउँ, छैठौं कञ्चनपुर र सातौं बाँकेमा हुन लागेको हो ।