नेपालगन्जबाट कैलाश मानसरोवरको पहिलो माउन्टेन फ्लाइट १६ माघमा

नेपालगन्ज : चीनमा रहेको कैलाश मानसरोवरको दूरदर्शनका लागि नेपालगन्जबाट पहिलो माउन्टेन फ्लाइट आगामी १६ माघमा हुने भएको छ ।
पश्चिम नेपालका पर्यटकीय महत्वपूर्ण गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आइतबादेखि नेपालगन्ज आयोजना हुन लागेको वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिशनको अवसरमा ९ जना भारतीय पत्रकारसहित ३९ जना भारतीय ट्राभल एजेन्ट्स एशोसियसन अफ इण्डिया (टाइ)का पदाधिकारीलाई कैलाश मानसरोवरको दूरदर्शन गराउन लागिएको मार्ट संयोजक श्रीराम सिग्देलले बताए ।
मार्टको तयारीबारे जानकारी दिन शनिबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मार्ट आयोजक समितिका संयोजक तथा नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले १६ गते पहिलो उडान भएसँगै क्रमशः दोस्रो, तेस्रो हुँदै नियमित उडान हुने आशा व्यक्त गरे । नाट्टा बाँकेले बुद्ध एयरसँग उडानका लागि सम्झौता गरिसकेको छ । पहिलो उडान बुद्धको लागि पनि प्राविधिक विषयमा अध्ययन गर्न मद्दत मिल्ने बुद्ध एयरका नेपालगन्ज स्टेशन प्रमुख विनित शाहले बताए । उनले मुगुको राराताल, हुम्ला लिमी उपत्यका हुँदै नेपाली आकासबाट कैलाश मानसरोवरको अवलोकन गराइने बताए । अहिले नै कति रुपैयाँ र कति समयको उडान हुनेछ भन्ने विषयमा निक्र्यौल भइसकेको छैन । हान बाँकेका अध्यक्ष दिवाकर खनालले मार्ट र कैलाश मानसरोवरको उडानले पश्चिम नेपालमा भारतीय पर्यटक बढ्ने दाबी गरे । नेपाल आउने भारतीयलाई गोरखपुर र रक्सौल नाकाबारे मात्र थाहा भएको बताउँदै अध्यक्ष खनालले भारतीयलाई नेपाल आउने छोटो र सस्तो रुटको रुटबारे जानकारी हुने बताए ।
आगामी माघ १५–१७ सम्म आयोजना हुने मार्टमा पर्यटन व्यवसायीहरुको व्यवसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत बजारका टूर अपरेटर एवम् पर्यटन व्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न नेपाल पर्यटन बोर्ड र सरकारका अन्य निकायसँगको साझेदारीमा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डियाबाट कार्यकारी निकायसमेत ७५ जना भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती सहरका ४० जना टूर अपरेटर र आन्तरिक पर्यटन व्यवसायीहरु करिब ३०० जना सहभागी हुने बताए । मार्टमा काठमाडौं उपत्यका लगायत सातै प्रदेशका पर्यटन व्यवसायीहरुको ठूलो भेला तथा सम्मेलन भइ स्थानीय संस्कृति, टूर प्याकेज र लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्नेे मुख्य उद्देश्यका साथ यो मार्ट सञ्चालन गर्न लागिएको हो ।

पढ्नुस् प्रेस विज्ञप्ती

आदरणीय पत्रकार साथीहरु,

पश्चिम नेपालका पर्यटकीय महत्वपूर्ण गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उप–महानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसिएसन अफ नेपाल (हान) बाँके, होटेल व्यवसायी संघ बाँके लगायतका संघ सस्ंथाहरुको सहकार्यमा दोस्रो संंस्करणको प्रारम्भका रुपमा न्बतभधबथ या ध्भकतभचल ल्भउब ि प्रमुख नाराका साथ ध्त्ः द्दण्द्दघ( ँब्ः त्चष्उ धष्तज क्बभिक ःष्ककष्यल (परिचयात्मक भ्रमण कार्यक्रम २०७९) विशेष र ऐतिहासिक कार्यक्रम आयोजना हुन गइरहेको जानकारी गराउन पाँउदा हामी गर्ववान्वित महसुस गरेका छोँ । यो ऐतिहासिक र विशेष कार्यक्रम माघ १५, १६ र १७ गते अर्थात द्दढ, घण् बलम घज्ञ व्बलगबचथ द्दण्द्दघ नेपालगञ्जमा सञ्चालित हुनेछ ।
भूकम्प, कोभिड महामारी र आर्थिक संकट चुलिँदा पनि नेपाली अर्थतन्त्र चलायमान बनाइरहन हाम्रो देशका लागि पर्यटन नै मुख्य आधार र मेरुदण्ड हो भन्ने कुरामा शंका छैन । यसैलाई प्रमुख उद्धेश्य बनाएर पश्चिम नेपालको पर्यटनमा नयाँ र फरक सोचका साथ पर्यटकीय सम्भावनाको खोजी, विकास र व्यवसायिक विस्तारका लागि नेपालगञ्जबाट हामीहरुले गरिरहेका हरेक पहल र प्रयासबारे पत्रकारलाई निरन्तर जानकारी गराइरहेका छौँ ।

हामी पहिलोपटक ठूलो संख्यामा भारतीय पर्यटक पश्चिम नेपालमा ल्याउन सफल हुन लागेकोमा खुशी व्यक्त गर्न चाहन्छौँ । पर्यटन व्यवसायीहरुको व्यवसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत बजारका टूर अपरेटर एवम् पर्यटन व्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न नेपाल पर्यटन बोर्ड र सरकारका अन्य निकायसँगको साझेदारीमा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डियाबाट कार्यकारी निकायसमेत ७५ जना भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती सहरका ४० जना टूर अपरेटर र आन्तरिक पर्यटन व्यवसायीहरु करिब ३०० जना महत्वपूर्ण व्यक्तित्वको सहभागिता रहने वेष्टर्न ट्राभल मार्टमा काठमाडौं उपत्यका लगायत सातै प्रदेशका पर्यटन व्यवसायीहरुको ठूलो भेला तथा सम्मेलन भई स्थानीय संस्कृति, टूर प्याकेज र लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्नेे मुख्य उद्देश्यका साथ यो मार्ट सञ्चालन गर्न लागिएको हो ।
वेष्टर्न ट्राभल मार्टमा सहभागी भारतीय टूर अपरेटरहरु र नेपालका पर्यटन व्यवसायीसमेतको सहभागितामा पहिलोपटक कैलाश मानसरोवर दुरदर्शनको निम्ति हवाई कम्पनी बुद्ध एयरसँग सम्झौता पनि गरिसकेको विषय तपाईहरुलाई जानकारी गराउन पाउँदा हामी पश्चिम नेपालका पर्यटन व्यवसायी हर्षित भएको महसुस गरेका छौँ ।
यसले पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य तथा ठूलो बजारका रुपमा स्थापित नेपालगञ्जमात्र नभई पश्चिम नेपाल मात्र नभई सिंगो नेपालको पर्यटकीय क्षेत्रका लागि नै कोषेढुंगाका रुपमा स्थापित हुनेमा विश्वास लिएका छौं । त्यसका लागि पहिलो चरणमा भारतीय मूलधारका प्रमुख सञ्चारमाध्यममा आबद्ध ९ जना भारतीय पत्रकारसहित ४१ जना ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाई) का प्रमुख पदाधिकारीहरु कैलाश मानसरोवर दर्शनका लागि निश्चित गरिसकेको र शनिबार नै नेपालगञ्ज आउने कुरा जानकारी गराउन चाहन्छौँ ।
यसका लागि नेपाली पत्रकार, पर्यटकीय क्षेत्रका अभियान्ता लगायत सरोकारवाला सरकारी अधिकारीहरुलाई त्यहाँको अवलोकन भ्रमण गराउने मुख्य उद्देश्य आयोजकको छ । यस वेष्टर्न ट्राभल मार्टको आयोजनाले पश्चिम नेपालका पर्यटकीय गन्तव्य तथा गतिविधिहरुको प्रचार प्रचार हुन गई कैलाश मानसरोवर दुरदर्शन समेतका लागि माउन्टेन फ्लाइटको नेपालगञ्जबाट सुरुवात गराई पर्यटक आगमन संख्या बढ्न जाने अपेक्षा गरिएकोे छ । वेष्टर्न ट्राभल मार्टको भव्य सञ्चालनका लागि पर्यटनमा चाँसो राख्ने यस क्षेत्रका सम्पूर्ण व्यवसायी, सरोकारकारवाला लगायत अन्य महानुभाव लगायत सञ्चार क्षेत्रको सक्रिय सहभागीताको अपेक्षा गरेका छौं ।
यस पटक अर्को एउटा महत्वपूर्ण थालनी पनि यसै सेरोफेरोमा गरिदैछ । नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा महाआरतीको थालनी गरिने कुराको जानकारी यहाँहरुलाई गराउँन पाउँदा हामीलाई गौरवान्वित महसुस भएको छ । त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकाले महत्वपूर्ण साझेदारी गरिरहदा नाट्टा लुम्बिनी प्रदेशले समन्वयात्मक सहयोग गरिरहेको जानकारी गराउँन चाहन्छौँ । बागेश्वरीमा गरिने महाआरतीले निरन्तरता पाउने कुरामा विश्वास दिलाउदै यसले नेपालगन्जलाई धार्मिक पर्यटकीय दृष्टिकोणले एउटा महत्वपूर्ण गन्तव्यका रुपमा पूर्वाधार थपिने कुरामा ठूलो आशा पलाएको छ ।
साथै, कर्णाली नदीमा ¥याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गरिनु कार्यक्रमको पूर्व जानकारी गराई सकेका छौं । पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गरी भारतीय बजारमा बजारीकरण गर्न त्यगच इउभचबतयचक बलम द्यगथभचक को रुपमा वेष्टर्न ट्राभल मार्टमा सहभागी हुदैछन् ।
यस मार्टमा स्टल बुकिङ गरेर प्रदर्शनी गर्ने टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरु र भारतबाट सहभागी हुने टुर अपरेटरहरुबीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुनेछ । साथै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायीहरुबीच टुर प्याकेज कार्यक्रमको आदान–प्रदान हुनेछ । त्यसका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँन चाहन्छौँ ।
यो कार्यक्रमका लागि सबैभन्दा महत्वपूर्ण सहयोग गर्ने नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका, हान बाँके, पर्यटन प्रवद्र्धन मञ्च बाँक लगायत तपाई सन्चारकमीहरु, पर्यटन व्यवसायी सबैको हातेमालोले यो कार्यक्रममा रहने विश्वास लिएका छोँ ।
हामीलाई विश्वास छ, तपाई पत्रकारहरुको सहयोग तथा सहभागितामा भव्यतापूर्वक सफल हुनुका साथै बाँकेलाई पर्यटकीय हब बनाउने हाम्रो अभियानमा तपाईको निरन्तर साथ रहनेछ । यो महत्वपूर्णं कार्यक्रमायोजना नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने पर्यटकीय क्षेत्रको समग्र विकास र उत्थानको लागि ढोका खोल्ने प्रयासका रुपमा बुझेका छौँ । यो प्रयासमा सबैले ‘होस्टेमा हैँसे’ गर्दै सामुहिक योगदान दिनका लागि तपाई सबै पत्रकार तथा सञ्चारकर्मीहरुमार्फत सार्वजनिक आग्रह गर्न चाहन्छौँ ।
हाम्रा हरेक सकारात्मक प्रयासमा तपाईं पत्रकार तथा सञ्चारकर्मीको निरन्तर साथ तथा सहयोगले उत्साहित हुँदै थप नयाँ पाइला पनि चालिरहेका छौँ भन्ने कुरा पनि जानकारी गराउन चाहन्छौँ । यसका लागि हामी सबै जना यो सहकार्यप्रति हामी असाध्यै आभारी छौं । र, सधै यसरी नै सहकार्य गर्दै निरन्तर पर्यटकीय क्षेत्रका गतिविधिका रुपमा अगाडी बढाउन हामी प्रतिबद्ध रहेको पनि जानकारी गराउन चाहन्छौँ ।

……………….
श्रीराम सिग्देल
संयोजक, वेष्टर्न ट्राभल मार्ट नेपाल, नेपालगन्ज
मिति : २०७९-१०-१४ गते, शनिबार