बागेश्वरी मन्दिरमा भोलि साँझ महाआरती हुँदै

नेपालगन्ज : बागेश्वरी मन्दिर नेपालगन्जमा आइतबार साँझ पहिलो पटक महाआरती हुने भएको छ ।
आइतबादेखि नेपालगन्ज आयोजना हुन लागेको वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिशनको अवसरमा भारतीय पर्यटकहरुको सहभागितामा महाआरती हुन लागेको हो । आइतबार अपरान्ह ५ः३० बजेतिर महाआरतीको तयारी गरिएको छ ।
मार्ट आयोजक समितिका संयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलका अनुसार आइतबार शुभारम्भ भएपछि हप्तामा एकदिन महाआरती हुनेछ । काठमाडौंको पशुपतिनाथको मन्दिर, भारतको हरिद्वार लगायतका धार्मिक क्षेत्रमा महाआरती हुने गरेको छ । बागेश्वरी मन्दिरमा भने नियमित रुपमा महाआरती हुन लागेको पहिलो पटक हो । महाआरतीका लागि नेपालगन्ज उपमहानगरपालिका र बागेश्वरी गुठी व्यवस्थापन समितिसँग सहकार्य हुनेछ । संयोजक सिग्देल महाआरतीले भारतीय पर्यटकका लागि आकर्षित गरिने बताउँछन् ।