आयोजक सगरमाथा युथकै पोल्टामा खुला फुटबल प्रतियोगिताको उपाधि

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका ८ बटनपुरमा जारी माघी मिलन तथा खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक सगरमाथा युथ क्लब ‘ए’ले जितेको छ ।
सगरमाथा युथ क्लब बटनपुरको आयोजना तथा धनसिहपुरबासी प्रवासी समितिको सहयोगमा सञ्चालन भएको फुटबल प्रतियोगिताको फाईनल खेल सगरमाथा युथले युनाइटेड एकाडमी स्कुल टीकापुरलाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको हो । विजेता सगरमाथा युथले ५१ हजार र उपविजेता युनाइटेड एकाडेमी स्कुल टीकापुरले ३१ हजार शिल्ड मेडल तथा प्रमाणपत्र समेत पाएका छन् ।

फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरन भुल, डिफेन्डर कृष्ण क्षेत्री, गोल रक्षक जियारत सेष सर्वाधिक ७ गोल गर्ने फागुराम चौधरीलाई पुरस्कृत गरिएको थियो । सबै खेलाडी आयोजक सगरमाथा युथ क्लबका हुन् । टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु लगायतले विजेता खेलाडीलाई पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।